प्रतिनिधि सभाबाट नागरिकता विधेयक स्वीकृत, अब आमाको नामबाट मात्रै पनि नागरिकता !
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक , २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
