SHARE
मकालु खबर · बिहीबार १४ साउन २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। अर्थमन्त्री वाग्लेले समितिलाई आजैदेखि पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।