मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले देशको पछिल्लो सुरक्षा अवस्था र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले सरकार नागरिकको सुरक्षा र संसदको गरिमाप्रति बेखबर रहेको आरोप लगाए ।
