तराईमा शान्ति, सद्भाव र सुरक्षाको प्रत्याभूति गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले पछिल्ला केही दिनदेखि सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्ति, हिंसात्मक घटना र तनावप्रति गम्भीर चासो व्यक्त गरेको छ। महासङ्घले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
