केन्द्रमुखी सोच र बाझिएका कानूनका कारण संघीयता कार्यान्वयनमा चुनौतीः सांसदहरू
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले केन्द्रमुखी सोच र संघ, प्रदेश तथा स्थानीय तहबीच बाझिएका कानूनका कारण संघीय शासन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।
