सुनसरीको आगोः अब राजनीति होइन, राष्ट्र बचाउने बेला
सुनसरीको देवानगञ्जमा केही दिनअघि सुरु भएको विवाद आज दुई जनाको ज्यान जाने, दर्जनौँ नागरिक घाइते हुने, कर्फ्यु जारी गर्नुपर्ने र देशभर धार्मिक तथा सामाजिक तनाव फैलिने अवस्थासम्म पुगेको छ । यो अब एउटा जिल्लाको घटना मात्र रहेन । यसले नेपालको सामाजिक सद्भाव, राज्यको संकट व्यवस्थापन क्षमता र राजनीतिक नेतृत्वको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ ।
