स्केटिङ खेलाडीले एक महिना थाइल्याण्डमा एशियन गेम्सको तयारी गर्ने
काठमाडौं । नेपालका दुई जना स्केटिङ खेलाडीले आगामी २०औँ एसियन गेम्सको तयारी थाइल्यान्डमा गर्ने भएको छ । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा २०औँ एसियन गेम्स आयोजना हुँदैछ । उक्त एसियन गेम्समा नेपालको २२ वटा खेल विधाका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाडीले थाइल्याण्डको बैंककमा गर्ने भएका हुन् ।
