SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

होटल जलाइएपछि कोमल ओली– ‘नियतवस मेरो पसिना आँसु र सपना खरानी बनाइयो’

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको आफ्नो होटल जलाइएपछि भावुक बनेकी छन् । उनले दाङको तुलसीपुरमा कोमल होटल एण्ड रेष्ट्रो चलाउँदै आइरहेकी थिइन् । ओलीले सामाजिक सञ्जालमा लेख्दै तुलसीपुरमा रहेको आफ्नो होटेल जलाएको घटनामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको बताइन् ।