SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

संविधानको स्थायित्व र वर्तमान संकट : विगतका दृष्टान्त र सम्भावित निकास

कुनै पनि राष्ट्रको सार्वभौमसत्ता त्यस देशका नागरिकमा निहित हुन्छ भन्ने तथ्य सार्वभौमिक मान्यता हो । नेपालको संविधानको प्रस्तावनाको पहिलो वाक्यमै नागरिक नै सार्वभौमसत्ता सम्पन्न भएको स्पष्ट गर्दै धारा २ ले सार्वभौमसत्ता र राजकीयसत्ता नागरिकमा नै निहित राखेको छ । हामी प्रतिनिधिमुलक लोकतन्त्रको अभ्यासमा छौँ ।