SHARE
काठमाण्डुपाटी · सोमबार ३० भौ २०८२ ०३:०६ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्येष्टि

काठमाण्डु – भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएका सीरन किशोर श्रेष्ठको शव सोमबार अन्त्येष्टि गरिएको छ । मृत्यु भएको ७ दिनपछि सोमबार बल्ल श्रेष्ठको शव अन्त्यष्टि गरिएको हो । उनलाई पशुपतिमा लगेर जलाइएको हो । उनका बुवा बसन्त किशोर श्रेष्ठले देशलाई अन्याय र भ्रष्टाचारमुक्त बनाउनका लागि विद्रोहीको रूपमा गएको परिणाम आफूहरूले भोग्नुपरेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी