SHARE
पर्दाफास · बुधबार ८ असो २०८२ ०२:३६ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिसँग वार्ता गर्न जेनजीले बनायाे सुदनसहितकाे ‘टिम’

राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न जेनजी आन्दोलनका अगुवाहरूले सुदन गुरुङसहितको टिम बनाएका छन् । बुधबार गुरुङसहित पुरुषोत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता र खेमराज साउदलाई आधिकारिक वार्ताकारका रूपमा चयन गरिएको हो। भेटवार्ताको मिति भने टुंगो लाग्न बाँकी छ। सबैको साझा एजेन्डा तयार गरेरै वार्ता अघि बढाउने बतयारी गरिरहेको बताइएको छ ।