झुम्का कारागारबाट भागेका ९५८ फरार कैदी पक्राउ
सुनसरी : सुनसरीको झुम्का कारागारबाट जेन्जी आन्दोलनको क्रममा भागेका कैदीमध्ये ९५८ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। १७९६ जना कैदी आन्दोलनको अवसर पारेर भागेका थिए। यसमध्ये २५५ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए। भागेका कैदी मध्ये ८३८ जना आफैं सम्पर्कमा आएका छन्। बाँकी फरार कैदीको खोजीका लागि अहिले प्रहरी परिचालन गरिएको डीएसपी खतिवडाले बताए।
