काठमाण्डु उपत्यकामा चहलपहल बढ्यो, टीका लगाएर फर्किनेहरूको संख्या बढ्दो
काठमाण्डु – हिन्दूहरूको महान पर्व वडादशैंको मुख्य दिन बिहीबार साइतको टीका सकिएपछि सडकहरूमा मानिसहरूको चहलपहल देखिन थालेको छ । काठमाण्डु उपत्यका नजिकका जिल्लाबाट काठमाण्डु फर्किने र टीका एव आशीर्वाद लिन हिँडडुल गर्ने मानिसहरूको चाप बढेको छ । ३ दिनयता सुनसान देखिएका काठमाण्डुका सडकमा मानिसहरूको उपस्थिति देखिन थालेको छ । सडकहरूमा सवारी चाप बढेको छ ।
