SHARE
पर्दाफास · शनिबार १८ असो २०८२ ०२:१३ PM · 1 मिनेट पढाइ

उपत्यकाभित्रका १९ वटा जोखिमयुक्त स्थानमा दक्ष जनशक्ति र उपकरणसहित नेपाली सेना तैनाथ

उपत्यकाभित्रका नदी-नालाहरूमा निरन्तर बढिरहेको पानीको बहावसँगै सम्भावित जोखिम न्यूनीकरणकाका लागि नेपाली सेनाले उद्धार कार्यलाई थप सशक्त बनाएको छ। नेपाली सेना श्री गणेशदल गण र अन्य सुरक्षा निकायहरूको संयुक्त टोलीले शुक्रबार (मिति २०८२ असोज १८ गते)देखि उपत्यकाभित्रका १९ वटा जोखिमयुक्त स्थानहरूमा दक्ष जनशक्ति र आवश्यक उपकरणसहित पूर्वतैनाथी गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।