SHARE
पर्दाफास · शनिबार १८ असो २०८२ ०१:०६ PM · 1 मिनेट पढाइ

प्रमुख जिल्ला अधिकारीहरुलाई गृहले दियो यस्तो निर्देशन

गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै विपद्को व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ ।