‘मन्त्रिपरिषद्मा एक जना पनि महिला सहभागी गराउन नसक्नु प्रधानमन्त्री कार्कीको असफलता हो’ : प्रभु साह
रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले युवाहरुको बलमा ऐतिहासिक जनक्रान्ति हुँदापनि वर्तमान सरकारले उत्सव मनाउन नसकेको भन्दै प्रश्न उठाएका छन् । उनले भने,‘युवाहरुको अदम्य साहसको कारण हाम्रो देशमा भर्खरै ऐतिहासिक जनक्रान्ति सफल भयो, तर त्यही आन्दोलनबाट नया सरकार बनेको छ । युवाहरुले जितेको बेलामा उत्सव मनाउनुपर्नेमा अहिलेको सरकारले शोक भनेर आन्दोलनलाई नै बद्नाम गर्यो ।
