कुनै पनि चुनावी सभामा देउवा सहभागी नहुने
नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन् । उनको सचिवालयले देउवा कुनै पनि चुनावी सभामा जाने कार्यक्रम नरहेको जानकारी गराएको छ । केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयलेत्यस्तो कुनै कार्यक्रम नरहेको बताएको हो ।
