सामसंगले ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्‍यो : अहिलेसम्मकै सबैभन्दा सहज ग्यालेक्सी एआई फोन

काठमाडौं। Samsungले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन शृंखला Samsung Galaxy S26 सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नवीनतम Galaxy AI प्रविधिद्वारा सञ्चालित यो सिरिज स्मार्टफोन प्रविधिमा नयाँ युगको सुरुवात हो, जसले प्रयोगकर्तालाई अझ व्यक्तिगत, बुद्धिमान र सहज मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।