SHARE
पर्दाफास · मङगलबार १९ फागुन २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

मतदान गर्न जाँदा के-के कागजात लैजाने ? यस्तो छ मतदान गर्ने सही तरिका

मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ । मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरूको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरूको बारेमा स्पष्ट जानकारी गराएका हुन् । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरूमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता भट्टराईले बताए ।