SHARE
पर्दाफास · मङगलबार १९ फागुन २०८२ ०१:१९ PM · 1 मिनेट पढाइ

युएईमा इरानको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु

इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्गलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी गराएका हुन् ।