SHARE
पर्दाफास · शुक्रबार​ २९ फागुन २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

ओलीलाई परेको पितृशोकप्रति बालेनको समवेदना

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पिताको महत्वबारे उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकट गरेका हुन् । शाहले संस्कृत श्लोक उद्धृत गर्दै ‘पिताजस्तो रक्षक, गुरु र देवता कोही नहुने’ उल्लेख गरेका छन् ।