धनुषा-१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज विवादमा आइतबार सुनुवाइ हुने
सर्वोच्च अदालतमा धनुषा क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुन नसकी आइतबारका लागि सारिएको हो ।
