बैंक अब ९ बजेदेखि अपराह्न ५ बजेसम्म, शनिबार,आइतबार विदा
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक बिदा तथा कार्यालय समयसम्बन्धि नयाँ व्यवस्था सार्वजनिक गरेको छ। मानव संशाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको निर्णय बमोजिम अब प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिइने भएको हो। सूचनाअनुसार उक्त व्यवस्था २०८२ चैत २३ गतेदेखि लागू हुनेछ।
