नेपाली सेनाको आयुक्त पद प्रदान कवाज सम्पन्न, उत्कृष्ट क्याडेटलाई खुकुरी र छडी प्रदान
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत क्याडेट तालिमअन्तर्गत आयुक्त पद प्रदान कवाज सम्पन्न भएको छ। समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह पनि सहभागी भएका थिए। कार्यक्रममा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गरी सम्मान गरे।
