SHARE
पर्दाफास · शुक्रबार​ २७ चैत २०८२ ०४:२७ PM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला सहभागिता

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्‌मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्‌मा ६ जना महिला मन्त्री नियुक्त भएका हुन् । यसले ३७ दशमलव पाँच (करिब ४०) प्रतिशत प्रतिनिधित्व कायम गरेको छ।