SHARE
पर्दाफास · शनिबार ५ बैशाख २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

२४ घण्टामा २० विपद्का घटना, २२ लाख बढीको क्षति

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा विपद्का घटनाहरू भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनाहरूमा कुनै मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँको धनमाल नष्ट भएको छ ।