सदनमा तोडफोड वा अशान्ति गरे क्षतिपूर्ति सांसदबाटै असुल गरिने
प्रतिनिधि सभामा सांसदहरूले ध्वंसात्मक गतिविधि वा भौतिक क्षति पुर्याएमा त्यसको क्षतिपूर्ति सम्बन्धित सदस्यबाटै असुल गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ मस्यौदामा संसद्को मर्यादा, अनुशासन र कार्य सञ्चालनलाई व्यवस्थित बनाउन सभामुखलाई थप अधिकार प्रदान गर्ने व्यवस्था समावेश गरिएको छ।
