नेपालले युएईलाई ८ विकेटले हरायो
दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा सकिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ८ विकेटले पराजित गरेको हो। यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। १२९ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल ले आक्रामक ब्याटिङ प्रदर्शन गरे।
