SHARE
पर्दाफास · आइबार​ १३ बैशाख २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

ज्ञानेन्द्र शाहीको चेतावनी- सरकारले अध्यादेशको शासन गरे केपी ओलीको हालत हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गरेका छन । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन् । सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी दिए ।