SHARE
पर्दाफास · सोमबार १४ बैशाख २०८३ ०४:२२ PM · 1 मिनेट पढाइ

सुकुम्वासी बस्ती खाली विरूद्धको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विरूद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।