SHARE
पर्दाफास · आइबार​ ३ जेठ २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

संविधान संशोधनमा ‘पोलिटिकल स्टन्ट’ नगर्न सरकारलाई गगन थापाको चेतावनी

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक ‘स्टन्ट’ का रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई लोकप्रियता कमाउने माध्यमका रूपमा अघि बढाउन नहुने बताए ।