संसदमा श्रम सँस्कृति पार्टीको अवरोध कायमै
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी अभिव्यक्ति स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थित भएर सच्चाउनु पर्ने बताएका छन् । बुधबार बसेकोे प्रतिनिधिसभा बैठकमा साम्पाङले प्रधानमन्त्रीले राखेको बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने कुरामा आफूहरुको असहमति रहेको भन्दै स्वयं प्रधानमन्त्री नै सदनमा उपस्थिति भएर आफ्नो अभिव्यक्ति सच्चाउनु पर्ने बताएका हुन् ।प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरामा आफूले जोड दिएको उनले बताए ।
