SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

विश्वकप २०२६: उद्घाटनमा शाकिराले डाइडाई प्रस्तुत गर्ने, रोनाल्डोको अन्तिम विश्वकप

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो महाकुम्भ मानिने फिफा विश्वकप २०२६ सुरु हुन अब धेरै समय बाँकी छैन । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपले यसपटक नयाँ इतिहास रच्दैछ । ४८ टोलीको सहभागितासहित हुने यो विश्वकप आकार, खेल संख्या र आकर्षणका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण हुनेछ ।