SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०१:०७ AM · 1 मिनेट पढाइ

हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित

कञ्चनपुर । ‘राति खाना पकाउने तयारी गर्दै थियौँ, एक्कासि आएको हावाहुरीले घरको छाना उडाएर लग्यो, अन्नपात, लुगाफाटा सबै भिज्यो, ज्यान जोगाउनमै व्यस्त भयौँ, अरू सामान बचाउने समय नै पाएनौँ ।’ शुक्लाफाँटा नगरपालिका–९ का महेश जोशीले दुई दिनअघि(बुधवार राति) आएको हुरीले निम्त्याएको पीडा सुनाउँदै भने, ‘अहिले खुला आकाशमुनि बस्न बाध्य छौँ, हुरीले हाम्रो विचल्ली बनाइदियो ।