नाइजेरियामा सुरक्षा कारबाही तिब्रः एक वर्षमा १३ हजारभन्दा बढी आतंककारी मारिए
एजेन्सी । नाइजेरियामा पछिल्लो एक वर्षको अवधिमा सुरक्षा फौजले सञ्चालन गरेको विभिन्न कारबाहीमा परी १३ हजारभन्दा बढी आतंककारी मारिएका छन् । नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले शुक्रवार लोकतन्त्र दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै विद्रोही र आपराधिक समूहहरू विरुद्धको कारबाहीलाई तिब्रता दिइएको जानकारी दिएका हुन् ।
