SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०६:०० AM · 1 मिनेट पढाइ

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्पप्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहान/बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नं १० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी दुईकोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।