कतारले स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै जोड्यो पहिलो अंक
काठमाडौं । फिफा विश्वकप २०२६ मा एसियन कप च्याम्पियन कतारले ऐतिहासिक पहिलो अंक जोडेको छ । दोस्रो विश्वकप अनुभव लिइरहेको कतारले शनिबार मध्यराति समूह ‘बी’को खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्यो । होमाम एल अमिनको क्रसलाई सदुपयोग गर्दै सेन्टरब्याक तथा कप्तान बोआलेम खुखीले हेडरमार्फत ९०+(४) मिनेटमा बललाई जाली चुमाए ।
