रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
चन्द्रपुर । रौतहटमा शनिबार एकैदिन बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरी पाँच सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरेको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गौर आँखा अस्पतालले आफ्नो महाअभियानअन्तर्गत तीन फरक–फरक स्थानमा आँखा परीक्षण गरेको हो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लक्षित गरी उक्त शिविर सञ्चालन गरिएको हो ।
