SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको आज आयोजित ३० औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रूपमा जोखिम रहेको उनीहरूको भनाइ थियो ।