SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश सरकारको बजेट आज

सिद्धार्थनगर । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो ।