SHARE
मकालु खबर · सोमबार १ असार २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु पाँच हजारले बढेको छ । आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने रु दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।