झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
