SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०३:१७ AM · 1 मिनेट पढाइ

क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्ष थुनामा पठाउन आदेश

काठमाडौँ । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठको इजलासले पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।