SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

चीनको छिङहाइमा शक्तिशाली भूकम्पः एकको मृत्यु, आठ घाइते

एजेन्सी । उत्तर–पश्चिम चीनको छिङहाइ प्रान्तस्थित हाइसी मङ्गोलियाली र तिब्बती स्वायत्त प्रान्तमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । उद्धार टोलीले दिएको जानकारीअनुसार मङ्गलवार राति ११ बजेसम्मको तथ्याङ्क अनुसार भूकम्पमा अन्य आठ जना घाइते भएका छन् ।