कङ्गोमा इबोलाको प्रकोप बढ्दोः सङ्क्रमितको सङ्ख्या ८३७ पुग्यो
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोप तीव्र रूपमा फैलिँदै गएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म सङ्क्रमित हुनेहरूको सङ्ख्या ८३७ पुगेको छ भने यस रोगका कारण १९६ जनाले ज्यान गुमाइसकेका छन् । कङ्गोको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये मृत्युदर २३.४ प्रतिशत रहेको छ ।
