SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

जापानको केन्द्रिय बैंकद्वारा ब्याजदरमा वृद्धि, ३१ वर्ष यताकै उच्च बिन्दुमा

एजेन्सी । जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे) ले नीतिगत ब्याजदरमा वृद्धि गरी ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्याएको छ । मंगलबार सम्पन्न दुई दिने बोर्ड बैठकले अल्पकालीन ब्याजदरलाई ०.७५ प्रतिशतबाट बढाएर १.० प्रतिशत कायम गर्ने निर्णय गरेको हो । सन् १९९५ यताकै यो उच्च ब्याजदर हो ।