पाँच महिनामा भियतनामको चामल निर्यात आम्दानी २ अर्ब डलर नाघ्यो
एजेन्सी । सन् २०२६ को पहिलो पाँच महिनामा भियतनामले करिब ४५ लाख टन चामल निर्यात गर्दै २ अर्ब ९ करोड अमेरिकी डलर राजश्व आर्जन गरेको छ । स्थानीय सञ्चारमाध्यम भीएन इकोनोमीले त्यहाँको कृषि तथा वातावरण मन्त्रालयलाई उद्धृत गर्दै सोमबार सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
