SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आएका छन् । चौधरीले छ वर्षदेखि सुभाष बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् । एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए ।