SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

सभामुख अर्यालद्वारा मछिन्द्रनाथको भोटो जात्राको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मछिन्द्रनाथको भोटो जात्राको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सभामुख अर्यालले आज एक शुभकामना सन्देश जारी गर्दै नेपालको प्राचीन र गौरवशाली सांस्कृतिक सम्पदाका रूपमा परिचित मछिन्द्रनाथको जात्राले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक एकताको अनुपम सन्देश प्रवाह गर्दै आएको बताएका छन् ।