SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ १२:५० AM · 1 मिनेट पढाइ

आइभरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जर्मनीले आइभरी कोस्टलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएको हो। एक गोलले पछि परेको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो। जर्मनीको जितमा डेनिज उन्डभ नायक बने। दुवै गोल उनले नै गरे।